काठमाडौँ । वेस्ट इन्डिजका लेजेण्डरी क्रिकेटर ब्रायन लारा नेपाल भ्रमणमा रहेका छन् । नेपाल प्रिमियर लिगमा कमेन्ट्रीमा रहेका एन्ड्रयू लियोनार्डले उनलाई नेपाली ढाका टोपी उपहार दिएका छन् ।
‘यो ढाका टोपी हो, नेपालको राष्ट्रिय टोपी’, ढाका टोपी लगाउन आग्रह गर्दै उनले भने ।
त्यसपछि एन्ड्र्यूले लारालाई नमस्ते गर्न पनि भने । लाराले खुसी हुँदै २ हात जोडेर नमस्ते गरेका छन् ।
उनी शुक्रबार बिहान नेपाल आइपुगेका हुन् । छोरीसहित नेपाल आएका लारा ३ दिन नेपाल बस्नेछन् ।































प्रतिक्रिया