जेम्स निसमले प्रहार गरे एनपीएलकै छिटो अर्धशतक

जेम्स निसमले प्रहार गरे एनपीएलकै छिटो अर्धशतक

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । जनकपुर बोल्ट्सका जेम्स निसमले नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध आक्रामक अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा कमजोर ब्याटिङ गरेको जनकपुरका लागि न्यूजील्याण्डका निसमले १८ बलमै अर्धशतक प्रहार गरेका हुन् । सो क्रममा उनले ४ चौका र ५ छक्काको वर्षा गरे । यो एनपिएलकै छिटो अर्धशतक हो ।

यसअघि पोखरा एभेन्जर्सका अ‍ोपनर आन्द्रेस गौसले २० बलमा ५ चौका र ६ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए ।

Skip This
Skip This
Logo