काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत आठ डीन र तीन निर्देशक नियुक्त भएका छन् । आइतबार त्रिविको कार्यकारी परिषद्ले डीन र निर्देशक नियुक्त गरेको हो ।
नियुक्त भएका डीनहरूमा शिक्षाशास्त्र संकायतर्फ प्राडा बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक ठाकुर सिलवाल, चिकित्साशास्त्र अध्ययन संस्थानमा प्राडा मोहनराज शर्मा र मानविकी तथा सामाजिकशास्त्रतर्फ प्राडा दुबिनन्द ढकाल रहेका छन् ।
यस्तै, व्यवस्थापन संकायमा प्राडा महानन्द चालिसे, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्राडा शंकर खनाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक डा किशोरचन्द्र दाहाल र इन्जिनियरिङ अध्ययन संस्थानमा प्राडा सुशीलबहादुर बज्राचार्य रहेका छन् ।
त्यसैगरी परिषद्ले शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा सहप्राध्यापक डा राजेन्द्र कुँवर, व्यावहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्राडा मीना राजभण्डारी र योजना निर्देशनालयको निर्देशकमा सहप्राध्यापक डा लक्ष्मीकान्त शर्मालाई नियुक्त गरेको छ ।
यसअघि त्रिविको सिनेट बैठकमा त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस ७ गतेभित्र सबै नियुक्ति गर्न निर्देशन दिएका थिए ।





























प्रतिक्रिया