विराटनगरले काठमाडौँलाई दियो ११८ रनको लक्ष्य

विराटनगरले काठमाडौँलाई दियो ११८ रनको लक्ष्य

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगर किंग्सले काठमाडौँ गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १९.४ ओभरको खेलमा अलआउट भएर ११७ रन बनाएको हो ।

शनिबारको खेलमा चितवनले जनकपुरलाई हराएसँगै काठमाडौँको प्लेअफ सम्भावना कठिन बनेको हो।

काठमाडौँ ६ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको । ६ खेल खेलेको काठमाडौँले तीन जीत निकाल्दा समान तीन हार भोगेको छ। चार अंक जोडेको विराटनगरले ६ खेल खेल्दा दुई जीत र चार हार बेहोरेको छ।

Skip This
Skip This
Logo