काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्सको पाँचौं विकेट पतन भएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले ११ ओभरको समाप्तिमा ५ विकेट गुमाएको हो ।
१०.१ ओभरमा जेन मालिक १० रनमा आउट भएका हुन् । त्यसअघि ओपनर आन्द्रेस गौस ३६ रन बनाएर आउट भए । २१ बलमा ४ चौका र २ छक्का प्रहार गरे । यसैगरी अर्का ओपनर दिनेश खरेल १५ रन बनाएर पवेलियन फर्किँदा कप्तान कुशल भुर्तेलले ३ बल खेले शून्यमै आउट भए ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्गेलिजनले एक मेडन राखेर ३ विकेट लिइसकेका छन् ।





























प्रतिक्रिया