देशमा उद्योगमैत्री नीतिको आवश्यक छः उपाध्यक्ष राजनबाबु श्रेष्ठ

देशमा उद्योगमैत्री नीतिको आवश्यक छः उपाध्यक्ष राजनबाबु श्रेष्ठ

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) का उपाध्यक्ष राजनबाबु श्रेष्ठले देशमा उद्योगमैत्री नीतिको आवश्यक रहेको औँल्याएका छन् । नाडाको ४८औँ वार्षिक साधारण सभामा बोल्दै श्रेष्ठले अटोमोबाइल क्षेत्रको विकासको लागि उद्योगमैत्री नीति चाहिएको बताएका हुन् ।

‘सरकारले आर्थिक विकासलाई प्राथमिकता दिँदै आगामी दिनका समृद्धिको आधार कृषि, सडक, जलविद्युत् र पर्यटनलाई मानेको छ, यो क्षेत्रको विकास सडक र अटोमोबाइल क्षेत्र विकास बिना सम्भव छैन,’ उनले भने ।

सडकमा चल्ने सवारीसाधन बिलासी बस्तुको रूपमा हेर्न दृष्टिकोण परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । अटोमोबाइल क्षेत्रलाई आवश्यकताको रूपमा लिनुपर्ने बताउँदै श्रेष्ठले सरकारले सोही अनुरूपको नीति लिएर अगाडि बढ्नु पर्ने बताए ।

‘नेपालमा अटोमोबाइल आयातमा मात्र भएका छैनन्, यहाँ दुई पाङ्ग्रे, चार पाङ्ग्रे सवारीको एसेम्बल उद्योग पनि सञ्चालनमा आएका छन्,’ उनले भने । नेपालमा दुई पाङ्ग्रे सवारी ७० प्रतिशत भन्दा बढी एसेम्बल हुन थालेको श्रेष्ठले जानकारी दिए ।

नेपालमा आगामी एक दशकभित्र सवारी साधनको एसेम्बल र उत्पादन गर्ने उद्योगहरू ठूलो संख्यामा खुल्ने उपाध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार सरकारले अटोमोबाइल क्षेत्रको स्थापनामा उद्योगमैत्री नीति लिए यो क्षेत्रले देशको अर्थतन्त्र विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्ने छ ।

सरकार दीर्घकालीन नीति सहित उद्योग स्थापनको प्रेरितमा केन्द्रित हुनुपर्ने श्रेष्ठले बताएका छन् ।

Logo