केयूको उपकुलपति छनोटका लागी समिति गठन

केयूको उपकुलपति छनोटका लागी समिति गठन

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । सरकारले काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोटका लागी समिति गठन गरेको छ । केयुका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार विश्वविद्यालय सभाले पूर्व उपकुलपति प्रा. डा. सुरेशराज शर्माको संयोजकत्वमा सिफारिस समिति गठन भएको हो ।

उक्त समितिमा प्रा. डा. अर्जुन कार्की र पूर्व शिक्षा सचिव जनार्दन नेपाल सदस्य छन् ।

तत्कालिन उपकुलपति प्रा.डा. भोला थापाको चारबर्षे कार्यकाल आगामी ६ गते सकिने भएकाले उपकुलपति छनोट समिति गठन गरिएको हो । संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्मा निरन्तर ४ वर्ष कार्यकाल र डा.रामकण्ठ माकाजु दुई कार्यकाल उपकुलपतिको कार्यभार सम्हालेका थिए । आगामी माघमा केयुले नयाँ उपकुलपति पाउने भएको छ ।

Logo