काठमाडौँ
नेपाल र भारतबीच भएको ऊर्जा व्यापार सम्झौता (पीटीए) गठित सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेएससी) को छैटौ बैठक बिहीबार पोखरामा हुँदैछ ।
बुधबार सह–सचिवस्तरीय संयुक्त कार्यसमूह (जेडब्लूजी) बैठक सकिएपछि सचिवस्तरीय बैठक बस्न लागेको हो । सचिवस्तरीय बैठकको नेतृत्वको नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरे तथा भारतको तर्फबाट विद्युत् मन्त्रालयका सचिव अजयकुमार भल्लाले गर्दैछन् ।
बुधधार भएको सह–सचिवस्तरीय बैठकमा न्यू बुटवल–गोरखपूर दोस्रो अन्तरदेशीय प्रसारण लाइनको ढाँचा र इनर्जी बैकिङसहित १४ एजेण्डामा छलफल भएको थियो । विभिन्न एजेण्डामा बैठकमा छलफल भएको र बिहीबार बस्ने सह–सचिवस्तरीय बैठकले विभन्नि एजेण्डाबारे छलफल गरेर टुंगो लगाउने सह–सचिवस्तरीय बैठकको नेतृत्व गरेका अर्यालले जानकारी दिए ।
कारोबारबाट





























प्रतिक्रिया