सूदुरपश्चिमलाई तेस्रो सफलता, पावर प्लेमा कर्णालीको कमजोर सुरुवात

सूदुरपश्चिमलाई तेस्रो सफलता, पावर प्लेमा कर्णालीको कमजोर सुरुवात

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । नेपाल प्रिमियर लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा कर्णाली याक्सविरुद्ध टस जित्दै पहिले बलिङ गरेको सूदुरपश्चिम रोयल्सले तेस्रो विकेट लिएको छ । सूदुरपश्चिमका हर्मित सिंहलेले देव खनाललाई रन आउट गरेका थिए । हर्मित सिंहले यसअघि पहिलो विकेटका रुपमा कर्णालीका रित गौतमलाई पनि आउट गरेका थिए ।

अहिले कर्णाली सूदुरपश्चिमविरुद्ध ७ ओभरमा ३ विकेट गुमाउँदै ४० रन बनाएर खेलिरहेको छ । यो खेल सकिएसँगै लिगको प्लेअफ पुग्ने, प्लेअफ क्वालिफायर र एलिमिनेटर टिमको टुंगो लाग्नेछ। सुदूरपश्चिम र कर्णालीको खेलसँगै प्लेअफ पुग्ने चार टोली र शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्नेसँगै एलिमिनेटर टिमको टुंगो लाग्नेछ।

जनकपुर, सुदूरपश्चिम र चितवनले प्लेअफ पुग्ने निश्चित भए पनि कर्णाली र काठमाडौंमध्ये कुन टिम प्लेअफमा पुग्ने भन्ने निश्चित भइसकेको छैन।

Skip This
Skip This
Logo