काठमाडौं । सहकारी ठगीमा समातिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर प्रहरीले आफ्नो रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । गत कार्तिक २ गते काठमाडौंबाटै पक्राउ परेका उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग दाबी गर्दै प्रतिवेदन बुझाएको बताइएको छ ।































प्रतिक्रिया