नेपालको भ्रामक प्रचार गर्ने भारतीयबिरुद्ध नेपालीहरु आक्रोशित (भिडियो रिपोर्ट)

नेपालको भ्रामक प्रचार गर्ने भारतीयबिरुद्ध नेपालीहरु आक्रोशित (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

यतिबेला सामाजिक सञ्जाल फेसबुक र युट्युवमा एउटा भिडियो भाइरल बनिरहेको छ । ‘फुल केस स्टडी अफ नेपाल’शिर्षकको यो भिडियो भारतीयमोटिभेसनल स्पिकर डा. विवेक बिन्द्राले बनाएकाहुन् ।

अहिले धेरै नेपालीले यो भिडियो शेयर गर्दै सरकारलाई गाली गरिरहेका छन् ।कतिपयले आफ्ना सर्कलका साथीहरुलाई इन्बक्समार्फत भिडियो फर्वाड गरिरहेका छन् । भिडियो नेपालीहरु माझयतिधेरै लोकप्रिय बनेको छ कि यो सामाग्रीतयार पार्दासम्म नेपालको ट्रेन्डिङ नम्वर १४ मापुगिसकेको छ ।

यो भिडियो झण्डै १०लाख पटक हेरिएको छ भने १६ हजार भन्दा बढी प्रतिक्रियाहरु आएका छन् । करिव १५ मिनेटको यो भिडियोमा नेपालको अवस्था एकदमै नाजुक भनेर चित्रण गरिएको छ । भिडियोमा प्रस्तुत गरिएको तथ्यांक र अन्य कुराहरुलाई नजरअन्दाज गर्दा बिन्द्राले करिव १५ बर्ष अगाडिको नेपालको बारेमा उल्लेख गरेको देखिन्छ । त्यसकारण यतिबेला नेपालको वर्तमान अवस्थाबारे जानकारहरु भिडियोले नेपालको भ्रामकप्रचार गरेको भन्दै प्रतिवाद गरिरहेका छन् ।

हेर्नुहोस् भिडियो रिपोर्ट 

यो पनि पढ्नुहोस् 

नेपालको दुष्प्रचार गरिएको भिडियो नेपालीले नै भाइरल बनाएपछि…

 

 

Logo