एजेन्सी । युद्धको लागि तयार रहन निर्देशन दिएको चीनले सैनिकको संख्या ५० प्रतिशतले कम गरेको छ । आफ्ना थल सैनिकको संख्या करिब ५० प्रतिशत कम गरेको हो ।
थल सैनिकमा कटौती गरेपनि चीनले नेवी र एयरफोर्सलाई बलियो बनाएको छ । यसलाई पिपल्स लिबरेशन आर्मी (पीएलए) लाई आधुनिक फोर्समा परिवर्तन गर्ने अभूतपूर्व रणनीतिको रुपमा हेरिएको छ ।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार २० लाख संख्या भएको चिनियाँ सैनिक, यसको नेवी, एयरफोर्स र नयाँ रणनीतिक इकाईलाई थप शक्तिशाली बनाउने योजनामा छ ।
पिएलएद्वारा गरिएको परिवर्तनलाई दर्साउँदै आइतबार प्रकाशित फिचर रिपोर्टमा भनिएको छ, ‘पिएलएको इतिहासमा यो अभूतपूर्व डाटा हो, आर्मीले अब पिएलएको संख्या ५० प्रतिशत घटाउनेछ, जुन हाम्रो नन–कम्ब्याट युनिटको लगभग आधा हो । पिएलएका अधिकारीको संख्या ३० प्रतिशत कम गरिएको छ ।’
पछिल्ला केही वर्षमा पिएलएले आफ्ना सैनिकको संख्या कम गरेको छ जुन राष्ट्रपति शी जिनपिंगद्वारा गरिएको मिलिटरी सुधारको हिस्सा हो । तरपनि २० लाख सैनिकसहित यो संसारको सबैभन्दा ठूलो फोर्स बनिरहेको छ ।
चिनीयाँ सिमामा दुश्मनसँग लड्न नेवी, एयरफोर्स र मिसाइल युनिटले धेरै भूमिका निभाउने भन्दै थल सेनामा भारी मात्राले कम गरेको हो ।





























प्रतिक्रिया