उपत्यकामा खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्छौँः मन्त्री यादव

उपत्यकामा खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्छौँः मन्त्री यादव

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने योजना बनाएर अगाडि बढेको बताएका छन् ।

मंगलबार निरीक्षणको क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपत्यकामा खानेपानीको अभाव हुन नदिनको लागि ठाउँ–ठाउँमा अवलोकन गरिराखेको बताए ।

उनले भने,‘उपत्यकामा खानेपानीको अभाव हुन नदिनको लागि हामीले ठाउँ–ठाउँमा अवलोकन गरिराखेको छौँ । अहिले नयाँ टेक्नोलोजीको प्रावधानको विषयमा पनि हामीले अनुगमन गरिराखेको छौँ । आउँने दिनमा उपत्यकामा कुनै पनि किसिमको खानेपानीको समस्या नहोस् भनेर दीर्घकालीन रूपमा योजना बनाएर अगाडि बढेका छौँ ।’

उनले १२ महिना नै पानी उपलब्ध गराउन नयाँ उपायको योजना सुन्दरीजलमा थपिरहेको भन्दै निर्माण पश्चात् काठमाडौँमा २४ घण्टा नै पानी आउने सपना पूरा हुने बताए ।

उनले भने,‘हामीले २४ घण्टा १२ महिना नै पानी दिन नयाँ ट्रिट्मेन्ट योजना हामीले सुन्दरीजलमा थपिरहेको छौँ । त्यो निर्माण भइसकेपछि काठमाडौँमा २४ घण्टा नै पानी आउने सपना पूरा हुन्छ ।’

Skip This
Skip This
Logo