इजरायलले सुरु गर्‍यो समुद्री छालबाट बिजुली उत्पादन गर्ने पहिलो पावर प्लान्ट

इजरायलले सुरु गर्‍यो समुद्री छालबाट बिजुली उत्पादन गर्ने पहिलो पावर प्लान्ट

केन्द्रबिन्दु
27
Shares

जेरुसेलम । इजरायलले समुद्री छालबाट बिजुली उत्पादन गर्ने आफ्नो पहिलो पावर प्लान्टको उद्घाटन गरेको इजरायलको ऊर्जा र पूर्वाधार मन्त्रालयले जानकारी गराएको छ ।

तेल अवीव–याफोको भूमध्यसागरीय सहरको जाफा पोर्टमा अवस्थित उक्त पावर प्लान्टको क्षमता १०० किलोवाट रहेको छ ।

यो इजरायली ऊर्जा कम्पनी इको वेभ पावरद्वारा विकसित गरिएको थियो । यो प्रणालीले ६० सेन्टीमिटर उचाइभन्दा कम छालबाट बिजुली उत्पादन गर्न सक्ने छ ।

स्मार्ट कन्ट्रोल सिस्टमले सुसज्जित यो प्रविधिले आँधीबेहरीमा हुने क्षतिलाई रोक्नको लागि समुद्रको सतहभन्दा माथि उठाउँछ ।

परियोजनाबाट उत्पादित सबै बिजुली इजरायलको राष्ट्रिय ग्रिडमा आपूर्ति गरिन्छ । राज्यको स्वामित्वमा रहेको इजरायल इलेक्ट्रिक कर्पोरेशनले सुविधाबाट उत्पादित सबै ऊर्जा खरिद गर्दछ ।

मन्त्रालयले यो परियोजना नवीकरणीय स्रोतबाट ऊर्जा उत्पादन बढाउने, वायु प्रदूषण घटाउने र इजरायलको ऊर्जा सुरक्षा बढाउने पाइला भएको बताएको छ ।

Logo