बिकिनी लगाएर हिमालको यात्रा गर्ने ताइवानी सुन्दरीको मृत्यु

बिकिनी लगाएर हिमालको यात्रा गर्ने ताइवानी सुन्दरीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । बिकिनी लगाएर पहाड चढ्ने सुन्दरीको चिसोका कारण मृत्यु भएको छ । पहाडको पदमार्गहरुमा बिकिनी लगाएर यात्रा गर्ने ताइवानी एक चर्चित पदयात्री गिगी वू को चिसोका कारण मृत्यु भएको हो ।

पदयात्राकै क्रममा ताइवान राष्ट्रिय निकुञ्जभित्र ६५ फिट गहिरो खाडलमा खसेर उनको मृत्यु भएको हो । बिकिनीमा पदयात्रा गरेका सेल्फी पोष्ट गरेर उनी निकै चर्चामा आएकी थिईन् ।

३६ वर्षकी गिगी ताइवानको युशान पहाडको २५ दिने पदयात्राका क्रममा उनको मृत्यु भएको हो । पहाडबाट तल खोँचमा खसेर गम्भीर घाइते भएकी गिगीले स्याटेलाइट फोनमार्फत कल गरी आफ्ना साथीहरुसँग गुहार मागेकी थिइन् ।

उनले उद्धारकर्मीहरुलाई पनि फोन गरेकी थिइन् । तर खराब मौसमका कारण उनको उद्धार हुन सकेन । उद्धारकर्मीहरुले उद्धारका लागि हेलिकप्टर पठाएपनि मौसम खराब भएका कारण हेलिकप्टर अवतरण हुन सकेको थिएन ।

त्यसपछि प्रशासनले दुईवटा उद्धार टोलीलाई पैदलै समेत पठाएको थियो । तर उक्त टिम केवल २८ घण्टापछि मात्र घटनास्थलमा पुग्यो । त्यस बेलासम्म अत्यधिक चिसोका कारण हाइपोथर्मिया भएर उनको मृत्यु भैसकेको थियो ।

Logo