युवाहरुलाई आईटी क्षेत्रमा सक्षम बनाउँदै छ स्लिङ्टन कलेज र आइएनजी

युवाहरुलाई आईटी क्षेत्रमा सक्षम बनाउँदै छ स्लिङ्टन कलेज र आइएनजी


काठमाडौं । ‘हामी नेपाली सक्षम छौं’ भन्ने नाराका साथ स्लिङ्टन कलेज र इनोभेट नेपाल ग्रुप (आइएनजी) ले आईटी शिक्षालाई विकास गरी देशलाई आर्थिक रुपमा सबल बनाउनु पर्छ भन्ने अभियानलाई अगाडि बढाएको छ । यस अभियानमा कलेज र आइएनजीले आर्थिक वा पारिवारिक अवस्थाका कारणले पढ्न नपाएका विद्यार्थीहरुलाई छात्रवृतिको व्यवस्था गरी आईटी क्षेत्रका विभिन्न विधामा अध्यापन गराई आत्मनिर्भर बनाउने गरिरहेको छ ।

‘हामी नेपाली सक्षम छौं’ भन्नुको अर्थ चाहे त्यो नेपालको सुगम क्षेत्र होस् वा दुर्गम क्षेत्र परिवर्तन सम्भव छ भन्नु हो । आइएनजीले संघर्षको कथा, दृढताको कथा, देश प्रेमको कथा, सफलताको कथा, अदक्ष वा अर्धदक्ष कामका लागी विदेश भौतारिनु पर्दैन भन्ने कथा, हाम्रो देश बनाउन हामी आफैं सक्छौं भन्ने कथा, नेपालको भविष्य सुनौलो छ भन्ने कथाको यात्रामा छ । आइएनजीले युवाहरुलाई सक्षम बनाउनको लागी देशको कुना कन्दरामा देशको भविष्य निर्माण गर्ने सम्भावना बोकेका युवाहरुको खोजी गरी उनीहरुलाई आईटी शिक्षा उपलब्ध गराई आत्मनिर्भर बनाउने लक्ष्य लिएर अगाडि बढिरहेको छ ।

‘हामी नेपाली सक्षम छौं’ भन्नुको अर्थ चाहे त्यो नेपालको सुगम क्षेत्र होस् वा दुर्गम क्षेत्र परिवर्तन सम्भव छ भन्नु हो ।

पछिल्लोसमय रोजगारीको लागी होस् वा अध्ययनका लागी होस् विदेशिने युवाहरुको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । देश बनाउने जनशक्ति नै यसरी बाहिरिँदा देशको भविष्य के होला चिन्ताको विषय बनेको छ । तर आइएनजीका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीको टिम नेपाललाई आईटी क्षेत्रमा युवाहरुलाई सक्षम बनाई देशको भविष्य उज्वल बनाउने यात्रामा लागेका छन् ।

उनले भने, ‘नेपालमै गर्न सकिन्छ, नेपालमै बसेर आफू र आफ्नो परिवार बनाउन सकिन्छ, देशमै नंग्रा खियाउने हो भने देश पक्कै बन्छ भन्ने हेतुका साथ हामीले विद्यार्थीहरुलाई सबल र सक्षम बनाउने जमर्काे गरिरहेका छौं । ’

संस्थाले आईटी क्षेत्रलाई अझै सक्षम बनाउनका लागि लण्डन मेट्रोपोलिटन युनिभर्सिटीको सहायता लिएको छ । देशका युवाहरु सक्षम छन् । उनीहरुलाई बाटो देखाउनेको आवश्यकता छ । उनीहरुमा आशा जगाउन आवश्यक छ । अनि गाइड गर्न आवश्यक छ । यति गर्ने सके युवाहरु सहि बाटोमा लाग्ने छन् र हाम्रो देश निर्माणमा ठुलो सहयोग पुग्नेछ भन्ने उदेश्यका साथ आइएनजी अधि बढिरहेको छ ।

आइएनजीले आईटी क्षेत्रलाई अझै सक्षम बनाउनका लागि लण्डन मेट्रोपोलिटन युनिभर्सिटीको सहायता लिएको छ ।

युवाहरुका लागि के गर्दैछ आइएनजी ?

आइएनजीका पदाधिकारीहरु ६ वर्ष अगाीड सिन्धुपाल्चोकको सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरुसँग कुरा गर्दा उनीहरु पढ्नका लागी कसैको सहायताको खोजीमा थिए । ति विद्यार्थीका बाबु आमालाई आफ्ना छोराछोरीलाई पढाउने इच्छा भए पनि पारिवारिक अबस्था त्यति सहज थिएन । आइएनजीको सहायतामा दुर्गम गाउँबाट भविष्यको नयाँ अध्याय सुरु गर्न काठमाडौं आएका ति चारजना विद्यार्थी सविना धनुकी, सिताराम थिङ, राम नेपाली, र लक्ष्मण नेपाली कम्प्यूटर साइन्समा स्नातक गर्दै र काम गर्दै आत्मनिर्भर भएका छन् । उनीहरुमा म देशमै बसेर अरु भन्दा बेष्ट हैन अरु भन्दा फरक गरेर देखाउँछु भन्ने आस पलाएको छ । सविना, सिताराम, राम र लक्ष्मण संघर्षको बाटो रोजेर सफल हुन युवाहरुलाई मार्गनिर्देशन गर्ने प्रतिनिधि पात्र हुन् ।

स्लिङटनका संस्थापक अध्यक्ष बुढाथोकीले आइएनजीले माइ सेकेन्ड टिचरको माध्यमबाट नेपालका सामुदायिक विद्यालयको शिक्षामा क्रान्ति ल्याउने अभियानका क्रममा चितवनको सामुदायिक विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीसँग भएकाे कुराको अनुभव सुनाउँदै भने । ‘कक्षा १२ को पढाई सकिएपछि कोही कोरिया जान, कोही मलेसिया जान तथा सानो तिनो जागीर गर्ने तयारीमा थिए । अवस्था र परिस्थिति सविना, सिताराम अनि लक्ष्मणको जस्तै थियो ।’ उनले थपे – ‘हामीले उनिहरुलाई सोध्यौं । हामीले केहि सानो काम जस्तै तरकारी खेति बाट जिविकोपार्जन सुरु गर्ने हो भने, तिमीहरु नेपालमै कति जना बस्छौं त ? प्रश्न गर्दा कक्षाकोठाको सम्पूर्ण विद्यार्थीले हात उठाएको अवस्था थियो । यो सुनेर हामी उत्साहित भयौं । अर्काे परिवर्तनको सम्भावना देख्यौं ।’

आइएनजीले चितवन शक्तिखोर माध्यमिक विद्यालयका अध्ययन गर्ने १२ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरी होटल म्यानेजमेन्ट अध्ययन गराइरहेको छ । उनीहरु पनि राम, लक्ष्मण, सिताराम र सविना जस्तै देश वनाउने बाटोमा अघि सरेका छन् । हामी नेपाली सक्षम छौं, जुन सुकै ठाउँमा भए पनि, जुनसुकै अवस्थामा, परिस्थितिमा भए पनि आशा देखाउने, बाटो देखाउने हो भने हामी देश बनाउन सक्षम छौं भन्ने गतिलो उदाहरण बनेका छन् ।

आइएनजी संस्थाले स्थापित गरेको माइ सेकेन्ड टिचर शैक्षिक प्रविधिलाई नेपाल लगायत विश्वको ५१ वटा देशको १० हजार भन्दा बढी विद्यालयहरुले प्रयोग गरिरहेका छन् । त्यस्तै ७ वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ । यो टेक्नोलोजीले देशको आईटी शिक्षालाई रुपान्तरण गर्न कोशेढुङ्गा साबित हुने विश्वास गरिएको छ ।

Skip This
Skip This
Logo