नेपाली बजारमा चिनियाँ ईभी ‘जेएमईभी जिएसई’ को बिक्री सुरु

नेपाली बजारमा चिनियाँ ईभी ‘जेएमईभी जिएसई’ को बिक्री सुरु

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । चिनियाँ अटो निर्माता जिआङ्सी जाइलिङ ग्रुप (जेएमईभी) ले उत्पादन गरेको विद्युतीय कार जिएसई नेपाली बजारमा उपलब्ध भएको छ ।

जगदम्बा ग्रुप अन्तर्गतको शौर्य अटोमोबाइल्स प्रालिले यो नयाँ सेडान कारको मूल्य ५३ लाख ९९ हजार निर्धारण गरेर बिक्री सुरु गरेको हो ।

यो कारमा ४९ किलोवाट आवरको ब्याट्री तथा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने दाबी गरिएको कारको ग्राउन्ड क्लिरियन्स १७० मिलिमिटर छ ।

जिएसईमा प्यानारोमिक मुनरुफ, १०.२५ र १२.३ इन्चको पानारोमिक एचडी ड्यूल स्क्रिन, ३६० डिग्री क्यामेरा, मिशेलिन टायर, सिल्भर हुक एलइडी हेडलाइट, कनेक्टेड इलेक्ट्रिक डोर ह्याण्डल, क्लोजअफ ग्रिल, एलइडी डेटाइम रनिङ लाइट जस्ता विशेषता पाउन सकिन्छ ।

Logo