संविधानलाई जीवन्त राख्न संवैधानिक कानुनी प्रावधानबारे छलफल आवश्यक छः सभामुख घिमिरे

संविधानलाई जीवन्त राख्न संवैधानिक कानुनी प्रावधानबारे छलफल आवश्यक छः सभामुख घिमिरे

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । सभामुख देवराज घिमिरेले संविधानलाई जीवन्त बनाइराख्न संवैधानिक कानुनी प्रावधानबारे छलफल गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार राष्ट्रिय शासन सेमिनार २०२४ कार्यक्रममा बोल्दै उनले संविधानलाई जीवन्त तथा समयसान्दर्भिक बनाइराख्न संवैधानिक कानुनी प्रावधानबारे छलफल गर्न आवश्यक रहेको बताए ।

साथै उनले सभामुखको नाताले संघीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा आफू प्रयत्नशील रहेको बताए ।

उनले भने,‘संविधानलाई जीवन्त तथा समय सान्दर्भिक बनाइराख्न हाम्रो संवैधानिक कानुनी प्रावधानबारे छलफल गर्न आवश्यक छ । सभामुखका रूपमा संघीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माण गर्न मेरो पनि प्रयत्न निरन्तर रहेको छ । संघीय शासन प्रणाली भनेकै निरन्तर अभ्यास र त्यस क्रममा देखिएका समस्या समाधान गर्दै अगाडि बढ्ने पद्धति हो । यस किसिमका संघीयता कार्यान्वयनमा देखिएका केही मत भिन्नता र आगामी दिनमा गर्नुपर्ने संरचनागत र प्रक्रियागत सुधारका लागि नीतिगत व्यवस्था गर्न र कार्य व्यवहारमा समेत सुधार गर्न सहयोगी हुने छन् भन्ने मेरो विश्वास छ ।’

साथै उनले सरकारहरूले अझै पनि केही नीतिगत तथा कानुनी व्यवस्थाका आधारभूत पक्षहरूको निर्माण गर्न बाँकी रहेको धारणा राखे । विद्यालय शिक्षा, निजामती ऐन र प्रहरी समायोजन जस्ता मुख्य कार्यहरू कार्यान्वयन हुने चरणमा रहेको उनको भनाइ छ ।

उनले भने,‘तीनै तहका सरकारहरूले अझै पनि केही नीतिगत तथा कानुनी व्यवस्थाका आधारभूत पक्षहरूको निर्माण गर्न बाँकी नै छन् । मुख्य त विद्यालय शिक्षा निजामती ऐन र प्रहरी समायोजन जस्ता मुख्य कार्यहरू कार्यान्वयन हुने चरणमा रहेका छन् । यस्ता कार्य कार्यान्वयनका लागि तिनै तहका सरकारबीच समन्वय अपरिहार्य छ ।’

Logo