काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले चौथो विकेट पनि गुमाएको छ ।
टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको कर्णालीको ९.३ ओभरमा ४९ रन बनाउँदा चौथो विकेट पतन भएको हो । १५ बलमा १४ रन जोडेका विलियम बोसिस्टोको विकेट ललित राजवंशीले लिएका हुन् । उनी एनपीएलकै सर्वाधिक विकेटका प्रमुख दाबेदार हुन् । उनले १६ विकेट लिएका छन् ।
उनले अब जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने सुदूरपश्चिम रोयल्सका फाष्ट मिडियम बलर स्कट कुगेलेइनसँग बराबरी गरेका हुन् । स्कटले ८ खेलमा सर्वाधिक १६ विकेट लिएका छन् । जसमा पोखराविरुद्ध एकै खेलमा ५ विकेट पनि समावेश छ ।































प्रतिक्रिया