काठमाडौं । अनसनरत डा. गोविन्द केसीले अस्पतालबाटै सांसदहरुलाई भिडियो सन्देश पठाएका छन् । १६ औं पटकको अनशन बसेको १४ औँ दिनमा डा. केसीले सांसदहरुलाई भिडियो सन्देश पठाएका हुन् ।
अस्पतालको शैयाबाट भिडियो सन्देश पठाउँदै डा. केसीले आफूसँग भएको सम्झौता अनुसार नै चिकित्सा शिक्षा विधेयक अगाडि बढाउन सहयोग गर्न सांसदहरुसँग आह्वान गरेका छन् ।
उनले चिकित्सा शिक्षा विधेयकमा जनतामुखी र विद्यार्थीमुखी ऐनका बुँदाहरु हटाएर माफियामुखी बुँदाहरु थपिएकोले त्यस्ता बुँदाहरु हटाउन सांसदहरुले भूमिका खेल्नेमा आफू आशावादी रहेको बताएका छन् ।
डा. केसी अनशन बसेकै बेला सत्ता पक्षले आजको प्रतिनिधिसभा बैठकमार्फत उक्त विधेयक जसरी पनि पारित गर्ने तयारी गरेको छ । केसीले आफुसँग १५ औं पटकको अनसनको बेला गरिएको सहमति अनुसार नै विधेयक लिएर पारित गर्न माग गर्दै आएका छन् ।
उनी १६ औं पटकको अनसन बस्न इलाम पुगेका थिए । केहीदिन इलाममा अनसन बसेका डा. केसीलाई काठमाडौं ल्याईएको थियो ।
डा. केसीले सांसदहरुलाई पठाएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोसः































प्रतिक्रिया