एजेन्सी । भारतमा एक महिलालाई जिउँदै जलाउने प्रयास गरिएको छ । बच्चा नजन्माएको भन्दै भारत बिहारको भोजपुर जिल्लास्थित सारीपुर गाउँमा रबीन्द्र ठाकुरकी पत्नी लक्ष्मी देवीलाई बच्चा नजन्माएको भन्दै जिउँदै जलाउने प्रयास गरिएको हो ।
बच्चा नजन्माएको भन्दै लक्ष्मीमाथि कुटपिट गरिएको थियो । त्यसपछि उनलाई जिउँदै जलाउने प्रयास गरियो । घटनाको बारेमा प्रहरीले जानकारी पाएपछि तत्काल घटनास्थल पुगेर हस्तक्षेप गरेको थियो ।
महिलालाई प्रहरीले बेहोसीकै अवस्थामा चिताबाट उठाएको थियो । उनको स्थानीय आरा सदर अस्पतालमा उपचार भईरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रहरी अचानक पुगेपछि महिलालाई जलाउने प्रयास गरिरहेका मान्छे भागेका थिए । उपचारको क्रममा महिलाको होस खुलेपछि उनले आफ्नो नाम भनेकी थिइन् । सो घटनापछि घरका मान्छे भने फरार रहेका छन् ।































प्रतिक्रिया