लैङ्गिकताको मुद्दामा पुरुषको समान सहभागिता ‘वाउ फेस्टिभल’को मुख्य सन्देशः उपप्रमुख डंगोल

लैङ्गिकताको मुद्दामा पुरुषको समान सहभागिता ‘वाउ फेस्टिभल’को मुख्य सन्देशः उपप्रमुख डंगोल

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले लैङ्गिकताका मुद्दामा पुरुषहरूको समान सहभागिताा हुनु ‘वाउ फेस्टिभल’को मुख्य सन्देश भएको बताएकी छिन् ।

मंसिर ८ र ९ गते काठमाडौँको नन्दीकेशर बगैँचामा आयोजना भएको फेस्टिभलको समीक्षा गर्दै आज उपप्रमुख डंगोलले लैङ्गिमैत्री समाज निर्माण गर्न आपसी ज्ञान, सिप, अनुभव, भोगाइ र सिकाइका कोणबाट महोत्सव उत्कृष्ठ रहेको बताइन् ।

उनले भनिन्,‘लैङ्गिकताका मुद्दामा पुरुषहरूको समान सहभागिताा हुनु ‘वाउ फेस्टिभल’को मुख्य सन्देश हो । लैङ्गिमैत्री समाज निर्माण गर्न आपसी ज्ञान, सिप, अनुभव, भोगाइ र सिकाइका कोणबाट महोत्सव उत्कृष्ट रह्यो । महानगरपालिकाले प्रवर्धन गरेको एक वडा एक नमूना उद्यम कार्यक्रमबाट सहभागीहरूले १ लाख ३० हजार रुपैयाँसम्मको व्यापार गरेको खबर पाएँ । महिला उद्यमशीलता र आत्मनिर्भरताका दृष्टिले यो ठूलो उपलब्धि हो ।’

Logo