ज्ञानलाई सिपसँग, सिपलाई व्यवहारसँग जोड्दै कमाउँदै आइएसएमटिका विद्यार्थी

ज्ञानलाई सिपसँग, सिपलाई व्यवहारसँग जोड्दै कमाउँदै आइएसएमटिका विद्यार्थी

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । शिक्षालाई सिपसँग जोड्न सकिँदैन या भनौं नेपालमा व्यवहारिक शिक्षा छैन भन्ने भाष्यलाई गलत सावित गर्दै छन् काठमाडौंको तीनकुनेमा अवस्थित इन्टरनेशनल स्कुल अफ म्यानजमेन्ट एण्ड टक्नोलोजी (आइएसएमटि)का विद्यार्थीहरु । उनीहरु पढेका कुरालाई व्यवहारमा लागू गरी त्यसलाई रोजगारीमा रुपान्तरण गर्न अघि बढिरहेका छन् । कलेजले एजुकेशन फर इन्डष्ट्री भन्ने उदेश्यका साथ आईटी अध्यापन गराउँदै आएको छ र आफूलाई आईटी क्षेत्रमा अब्बल शैक्षिक गन्तव्यको रुपमा स्थापित गराउन सफल छ ।

आइएसएमटि कलेजका कम्प्यूटर सिस्टम इन्जिनियरिङको सेकेन्ड सेमेस्टरमा अध्ययनरत विद्यार्थी सुमन्त्र यादव र अन्य ८ जनाको समुहले ‘टिआई स्कुल’ नामक मोवाइल एपको निर्माण गरेका छन् । जुन ‘आइएसएमटि एक्स्पो २०२४’ मा प्रदर्शनीमा राखिएको छ ।

यस एपले विद्यालय तथा क्याम्पसको सम्पूर्ण गतिविधि उपलव्ध गराउनेछ, जसबाट विद्यार्थी तथा शिक्षकहरुले सजिलैसँग त्यस गतिविधिको अवलोकन गर्न सक्छन् । यसको मुख्य उदेश्य भनेको संस्थाको डाटा सुरक्षित राख्नु हो । यस एपले कुन शिक्षक कुन समयमा विद्यालय प्रवेश गरेको र कुन समयमा विद्यालयबाट बाहिरिएको हो भन्ने कुराको समेत तथ्यांक राख्छ ।

अर्काे कुरा विद्यार्थीको हाजिर, विद्यार्थीले तिरेको शुल्कको तथ्यांक पनि सुरक्षित राख्ने गर्छ ।

निर्माण टोलीका विद्यार्थी यादवले भने– ‘हाम्रो देशका विद्यालय तथा कलेजको म्यानेजमेन्ट सिस्टम अझै पनि व्यबस्थित छैन । कतिपय अबस्थामा शुल्क तिरेको विल विद्यार्थीले हराउँछ कलेजमा गएर बुझ्दा त्यहाँसमेत डाटा उपलव्ध हुँदैन जसका कारण विद्यार्थीले फेरि एक्सट्रा शुल्क तिर्ने बाध्यता हुन्छ । विद्यार्थी अर्थात् शैक्षिक संस्थाले यस्तो प्रकारको समस्याबाट मुक्त होस् भनेर हामीले टिआई स्कुल एप निर्माण गरेका हौं ।’

उनले थपे ‘यो एप शैक्षिक संस्थाले कति समयको लागि प्रयोग गर्ने हो । हामीसँग सम्पर्क गरि सब्कृप्सन लिन सक्नुहुन्छ । एक वर्षको सब्कृप्सनको लागी १५ हजार शुल्क लाग्नेछ ।’

विद्यार्थीहरुले निर्माण गरेको टिआई स्कुल एपलाई ४/५ वटा प्रि स्कुलले समेत प्रयोग गरिरहेका छन् । यसको प्रयोगलाई अझ विस्तार गरी व्यवसायिक रुपमा नै प्रयोगमा ल्याउने विद्यार्थीहरुको उदेश्य रहेको छ ।

त्यस्तै, रियन राई र उनको समूहले सि एन सि प्लोटर (कम्प्यूटर न्युमिरिकल सिस्टम) को निर्माण गरेका छन् । यसको काम भनेको प्रिन्टर जस्तै हो तर प्रिन्टरले छाप्छ भने सि एन सि प्लोटरले लेख्ने काम गर्छ । यस उपकरणमा पेन्सिल प्रयोग गरिएको हुन्छ र ह्याण्डराइटिङ जस्तै हुन्छ । यदि कसैलाई निवेदन तथा पत्र सफा राम्रो अक्षरमा लेख्नु पर्यो भने सि एन सि प्लोटरको प्रयोग गर्न सकिन्छ । यसले फोटोलाई पनि हातले वनाएको जस्तै गरी कोर्न सक्छ ।

विद्यार्थी रियन राई भन्छन् – ‘अहिले सि एन सि प्लोटर आइएसएमटि एक्सपो २०२४ को लागि बनाएको भएता पनि भविष्यमा यसलाई परिस्कृत गरी व्यवसायिक रुपमा ल्याउने छौं ।’

यसैगरी आइएसएमटि कलेजको बिआइटीको प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी दिव्या थापाको समूहले डेट विथ कोड नामक वेवसाइट निर्माण गरेको छ । यो वेबसाइट डेटिङ एप जस्तै हो । यस एपमा १८ वर्षभन्दा माथीका विद्यार्थीको फोटो सहितको प्रोफाइल बनाइन्छ र त्यो प्रोफाइललाई अन्य विद्यार्थीले हेर्न पाउँछन् । प्रोफाइल हेरेर मन पर्यो भने लाइक र मन परेन भने डिस्लाइक पनि गर्न सकिन्छ । यदि दुवै जनाले लाइक गरे पनि वेबसाइटमा कनेक्ट भइन्छ । त्यसपछि दुईजनाले कुरा गर्न सक्छन् । यसमा दुवै जनाको गोपनियता गोप्य राखिन्छ ।

दिव्या थापाले पनि भविष्यमा यसलाई व्यवसायिक रुपमा अगाडि बढाउने बताइन् ।

आइएसएमटि कलेजमा अध्ययनरत विद्यार्थीहरु पढेको कुरालाई व्यवहारमा लागू गरी स्वदेशमै रोजगारीको सिर्जना गर्ने बताएका छन् । रोजगारीका गुणस्तरिय जिवन जिउन र शिक्षाको लागी लागी विदेशिनुपर्छ भन्ने भनाईलाई उल्ट्याउन आफूहरु तयार रहेको पनि उनीहरुले दाबी गरे । आफूहरुले मेहनत गरेर देशलाई आर्थिक रुपमा सवल बनाउन तयार रहे पनि उपयुक्त नीतिको व्यवस्था नहुँदा कम गर्न असहज वातावरण भएकोले सहज वातावरणको सिर्जना गरिदिन सरकारँंग आग्रह समेत गरेका छन् ।

Skip This
Skip This
Logo