काठमाडौं । काठमाडौंको बाफलमा अवस्थित रुपिज इन्टरनेसनल स्कुलले विद्यार्थीहरुले बनाएको सामानहरुको लागि हाटबजारको आयोजना गरेको छ ।
स्कुलले विद्यार्थीहरुको सिपलाई प्रोत्साहन गर्ने उदेश्यले हाटबजारको आयोजना गरेको हो ।

हाटबजारमा विद्यार्थीहरुले बनाएको चित्रकला, ढुंगामा गरिएकाे पेन्टिङ, तथा विभिन्न कलात्मक सामग्रीहरु राखिएको थियो । साथसाथै हाटबजारमा विद्यार्थीहरुले बनाएको सिपलाई हौसला दिनको लागी विभिन्न संघ संस्थाले समेत स्टल राखेका थिए ।

यस हाटबजारले विद्यार्थीहरुलाई पाठ्यक्रममा आधारित शिक्षा मात्र नभई व्यवहारिक ज्ञान पनि दिने विश्वास गरिएको छ । यस बजारमा विद्यार्थी, अभिभावक, शिक्षक तथा अन्य संघ संस्थाको समेत उत्साहजनक सहभागीता रहेको थियो ।



































प्रतिक्रिया