चलचित्र ‘द ब्रेकअप’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।
हेमराज विसी निर्देशित चलचित्रमा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । कथा र पटकथा पनि निर्देशक विसीकै रहेको छ । द ब्रेकअप लभ स्टोरी जनरामा निर्माण गरिएको छ ।
यस चलचित्रलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त रुपमा निर्माण गरेका छन् । नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् । द ब्रेकअप फागुन १७ गते देखि देशभर प्रदर्शन हुँदैछ । हेरौं यो भिडियोमा :































प्रतिक्रिया