बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्यूडको भूकम्प

बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्यूडको भूकम्प

केन्द्रबिन्दु
231
Shares

काठमाडौं। बाजुरा केन्द्रबिन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ। 

जगन्नाथ गाउँपालिकाको गोत्री आसपास  केन्द्रबिन्दु भएर शनिबार बिहान ४ बजेर १४ बजे ५.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए। भूकम्पको​ महशुस सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा पनि गरिएको छ।

बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार भूकम्पको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। मानवीय क्षति भएको खबर नआएको र भौतिक क्षतिकाे विवरण स्थानीय तह र प्रहरीले संकलन गरिरहेको उनले बताए।

Skip This
Skip This
Logo