काठमाडौं । त्रिभुवन वश्विवद्यिालय, परीक्षा नियन्त्रण कार्यालयले ५०औँ दीक्षान्त समारोहमा दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली प्रकाशित गरेको छ ।
यही पुस १३ गते शनिबारका दिन आयोजना हुने ५०औँ दीक्षान्त समारोहमा त्रिविबाट लिइएका विभिन्न तह एवं विषयको परीक्षामा उत्कृष्ट नतिजा ल्याएर पदक पाउने विद्यार्थीहरुको नामावली सार्वजनिक गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नामावलीमा उल्लेख भएका विद्यार्थीहरुमध्ये अन्य कुनै विद्यार्थीले पदक एवं पुरस्कारहरु प्राप्त गर्नुपर्ने आधार भए सम्बन्धित विद्यार्थीले पुष ९ गतेभित्र प्रमाणसहित परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क राखी दाबी विरोध गर्न आग्रह गरेको छ ।
































प्रतिक्रिया