गोरखा
विनासकारी गोर्खा भूकम्पको केन्द्रबिन्दु बारपाकसँगै जोडिएको लाप्राक सिङ्गो गाउँ भूकम्पले ध्वस्त भयो । त्यसपछि लाप्राकी गुप्सिपाखामा सरेका थिए । एनआरएनले सबै लाप्राकीलाई नयाँ घर सहितको एकीकृत बस्ती निर्माण गर्ने सहमतीपछि लाप्राकी पुन गाउँ झरे । भूकम्पको चौँथो वर्ष सुरु भईसक्दा पनि अहिले सम्म भूकम्प प्रतिरोधी नयाँ घरमा बस्न भने लाप्राकीलाई जुरेको छैन ।
आउँदो बैशाख महिना सम्म सबै घर निर्माण गरिसक्ने लक्ष्य एनआरएनको छ । निर्माण गर्नुपर्ने पाँच सय ७३ घर मध्ये पाँच सय वटाको पहिलो तल्लाको काम सकिएको छ । एक सय २५ घरको दोस्रो तल्ला र तीन सय ७० घरको ट्रस्ट राख्ने काम भईसकेको एकीकृत बस्तीका इन्जिनियर लक्ष्मण आर्यालले बताए । उनले भने ‘अहिले सय भन्दाबढि स्थानीय र एक सय ५० भन्दाबढि नेपाली सेनाले काम गरिरहेका छन्, हरेक हप्ता हामी तीन देखि पाँच प्रतिशतले कामको गती बढाउनेछौँ ।’
नेपाली सेनासँगै स्थानीय पनि आफ्नो घरको रङरोगन, ट्रस्ट राख्ने, साना तिना काम सिध्याउने तरखरमा तल्लिन छन् । करिब एक सय ५० नेपाली सेनाको साथ र स्थानीयको सहयोगमा धार्चे गाउँपालिकाको लाप्राक स्थित गुप्सिपाखामा एकीकृत नमुना बस्ती बनिरहेको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) ले निर्माण गरिरहेको बस्ती निर्माणको काम अन्य सिजनमा भन्दा अहिले गतिशिल देखिन्छ ।
नागरिकबाट































प्रतिक्रिया