काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को स्वास्थ्य टोलीले काभ्रेको खानीखोला गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
ग्रेस नेपालको आयोजना तथा अप्टिमिस्ट इन्टरनेशनलको सहआयोजनामा पालिकाको वडा नम्बर ५ को कार्यालयमा भएको स्वास्थ्य शिविरमा ७३५ बिरामीले सेवा लिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

शिविरमा ७५ जनाको ल्याब परीक्षण, ८९ जनाको ईसीजी, १३५ जनाको भिडियो एक्सरे गरिएको थियो । त्यस्तै ३२ जनाको दाँत खोल्दा ७ जनाको माइनर शल्यक्रियासमेत गरिएको थियो ।
३१ जनालाई शल्यक्रियाका लागि केएमसी रिफर गरिएको प्रबन्धक दाहालले बताए ।






























प्रतिक्रिया