प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कूलद्वारा भिजुअल आर्ट प्रदर्शनी आयोजना, विद्यार्थीहरूको अद्वितीय प्रतिभाकाे प्रशंसा

प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कूलद्वारा भिजुअल आर्ट प्रदर्शनी आयोजना, विद्यार्थीहरूको अद्वितीय प्रतिभाकाे प्रशंसा

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपालको पहिलो र एकमात्र आइबी कन्टिनम स्कूल प्रिमियर इन्टरनेसनलले आयोजना गरेको भिजुअल आर्ट प्रदर्शनीले विद्यार्थीहरूको अद्वितीय रचनात्मकता र प्रतिभालाई प्रष्फुटन गराएकाे छ ।

“ह्वेर इम्याजिनेशन मिट्स इन्स्पिरेशन” भन्ने शीर्षकमा आयोजित यस प्रदर्शनीमा प्राथमिक वर्ष कार्यक्रम (पीवाइपी) र मध्य वर्ष कार्यक्रम (एमवाइपी) का ४३० भन्दा बढी कलाकृतिहरू प्रस्तुत गरिएका थिए ।

यस भव्य प्रदर्शनीमा प्रारम्भिक वर्षदेखि एमवाइपीका विद्यार्थीहरूले आफ्नो कक्षाकोठा सिकाइ र चलिरहेका एकाइहरूको अवधारणालाई कलात्मक सिर्जनामा रूपान्तरण गरेका थिए । पोस्टर रङ, वाटर कलर, तेल पेस्टल, पेन्सिल छायांकन, र एक्रिलिक जस्ता माध्यमको प्रयोगले विद्यार्थीहरूको अन्वेषण र रचनात्मक प्रयासलाई जीवन्त बनाएको देख्न सकिन्थ्यो।

एमवाइपीका विद्यार्थीहरूले तयार पारेको भित्तेचित्रले नेपालको धनी संस्कृति र परम्परालाई झल्काउँदै परम्परा र आधुनिकताको संगमलाई प्रतिनिधित्व गरेकाे थियाे । किनकी यी भित्तेचित्रहरूले युवाहरूको कलात्मक दृष्टिकोणबाट नेपालको गतिशील दृश्यहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रख्यात दृश्य कलाकार र काठमाडौँ विश्वविद्यालयको आर्ट स्कुलका संयोजक सुजन चित्रकार सहभागी थिए । साे अवसरमा उनले विद्यार्थीहरूको सिर्जनात्मकता र कलाको माध्यमबाट व्यक्त गरिएको सोचको प्रशंसा गरे।

कार्यक्रममा विद्यार्थीहरूको सिर्जनशील प्रयासको प्रशंसा गर्न अभिभावकहरूको पनि ठूलो संख्यामा उपस्थिति रहेकाे थियाे । यसले विद्यालय समुदायमा थप ऊर्जा र एकता ल्याएको थियो।

आइबी पाठ्यक्रमको महत्त्वपूर्ण हिस्सा रहेको भिजुअल आर्टले विद्यार्थीहरूको रचनात्मकता, समस्या समाधान गर्ने क्षमता, र सांस्कृतिक समझलाई प्रवर्द्धन गर्छ। यस प्रदर्शनीले विद्यार्थीहरूको व्यक्तित्व विकास र समाजसँगको कलात्मक संवादका लागि अनुपम मञ्चको रूपमा काम गर्ने विश्वास लिइएकाे छ ।

Logo