कोठा तातो पार्दा निसास्सिएर सुत्केरी र शिशुको मृत्यु

कोठा तातो पार्दा निसास्सिएर सुत्केरी र शिशुको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं।

घरकोठा तातो पार्न हिटर, दाउरा, कोइला र ब्रिकेट बाल्ने तथा ग्यास गिजरको प्रयोगको क्रममा सामान्य लापरबाहीले आगलागीसँगै निसास्सिएर अकालमै ज्यान गुमाएका घटना यस वर्ष पनि दोहोरिन थालेका छन् ।

नेपाल प्रहरीका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२, नयाँपाटीमा बिहीबार बिहान एक परिवारका तीन सदस्यमध्ये महिना दिनकी सुत्केरीसहित दुई जनाको मृत्यु भएको छ भने एक पुरुष घाइते अवस्थामा फेला परेका छन् ।

सुत्केरीलाई चिसोबाट जोगाउन राति हिटर र कोइला एकैसाथ बालेर सुतेका कारण अक्सिजनको अभावमा उनीहरूको निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

महानगरीय प्रहरी वृत्त, बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीले सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भई हाल सोही स्थानमा किराना पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय दोर्जे शेर्पाकी सुत्केरी श्रीमती २७ वर्षीया पेम्बी शेर्पा र एक महिनाकी छोरी मृत अवस्थामा फेला परेको जानकारी दिए ।

त्यस्तै अचेत अवस्थामा फेला परेका शेर्पालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । उनको अवस्था सुधारोन्मुख रहेको बताइएको छ । प्रहरीका अनुसार यस्ता पीडादायी घटना चिसो मौसममा बढी नै हुने गरेको छ ।गोरखापत्रबाट

Logo