नेपालको स्वास्थ्य क्षेत्र सुधारोन्मुख छः मन्त्री पौडेल

नेपालको स्वास्थ्य क्षेत्र सुधारोन्मुख छः मन्त्री पौडेल

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन सुरु भएको छ । भोलिसम्म जारी रहने सम्मेलनको उद्देश्य साझेदारी प्रवर्द्धन, ज्ञान आदानप्रदान र देशको स्वास्थ्य क्षेत्रका चुनौतिबारे छलफल गर्नु हो ।

‘नेपाल स्वास्थ्य सम्मेलन २०२४ः नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ शीर्षकमा उक्त सम्मेलनको उद्घाटन गरिएको छ ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले संसारमा अरू देशले नगरेका उपलब्धीहरू स्वास्थ्य क्षेत्रमा कतिपय विषयहरू नेपालले गरिसकेको बताएका छन् । बिहीबार नेपाल हेल्थ कन्क्लेभ २०२४ को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले क्रमिक रूपमा नेपालको स्वास्थ्य क्षेत्र सुधारोन्मुख भई अगाडि बढिरहेको बताएका हुन् ।

उनले भने ,‘स्वास्थ्य प्रणाली सुधारका निम्ति थुप्रै विषयहरू छन् । नेपालले संसारमा अरू देशले नगरेका उपलब्धीहरू कति विषयमा गरेको छ । क्रमिक रूपमा सुधारको बाटोतर्फ नेपालको स्वास्थ्य संस्था अगाडि बढिरहेको छ । तर नेपाली जनतालाई अनुभूति गर्नेगरी, आम नेपालीलाई सेवा प्रदान गर्नेगरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न सकिरहेका छैनौँ ।’

यसैगरी, उनले नेपालमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरूको पहिचान गर्नुपर्ने बताए । उनले स्वास्थ्य प्रणाली सुधारका लागि थुप्रै विषयहरू भए पनि नेपाली जनतालाई अनुभूति गर्नेगरी समस्याहरूको पहिचान गर्नुपर्ने बताए ।

उनले भने, ‘स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरूको पहिचान गर्नुपर्छ । नेपाललाई स्वास्थ्य क्षेत्रमा सहयोग पुगाउन के कुराले समस्या गरेको छ ? बाहिर रहेका नेपालीहरू यहीँ जन्मिनुभएको हो । यही प्राथमिक शिक्षा आर्जन गर्नुभएको हो । उहाँहरूको योग्यताको आधार र उत्कृष्ट क्षमता देखाइरहनुभएको छ । आफ्नै मातृभूमिप्रति अघात प्रेम समेटेर भावनामा बोकेर नेपाललाई योगदान गर्न कोशिश गरिरहनुभएको छ । त्यस आधारमा योग्यता, क्षमता र अनुभवले नेपालको स्वास्थ्य क्षेत्र सुधार गर्नको निम्ति कसरी प्रयोग गर्न सकिन्छ ? नेपाललाई स्वास्थ्य क्षेत्रमा सहयोग पुगाउन के कुराले समस्या पुगायो ? फर्किएर नेपाल आउनका लागि के कुराले समस्या गरेको छ ? प्राप्त गरेको योग्यता र अनुभवलाई नेपालमा प्रयोग गर्न के कुराले समस्या गरायो त्यो समस्या पहिचान गर्नुपर्छ ।’

Skip This
Skip This
Logo