सर्लाहीको बसबरियाका वडाध्यक्षको निधनमा आज गाउँपालिकामा शोक बिदा

सर्लाहीको बसबरियाका वडाध्यक्षको निधनमा आज गाउँपालिकामा शोक बिदा

केन्द्रबिन्दु
66
Shares

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित उनको उपचारका क्रममा बुधवार राति भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो ।

बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार महतोको आजै दाहसंस्कार गरिने छ । उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । बसबरिया गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदा भएको जनाएको छ ।

Skip This
Skip This
Logo