क्यान महासंघको अध्यक्षमा सुनैना पाण्डे घिमिरे निर्विरोध, पुस १३ गतेपछि औपचारिक घोषणा हुने

क्यान महासंघको अध्यक्षमा सुनैना पाण्डे घिमिरे निर्विरोध, पुस १३ गतेपछि औपचारिक घोषणा हुने

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को नयाँ अध्यक्षमा सुनैना पाण्डे घिमिरे सर्वसम्मत भएकी छिन् । आउँदो पुस १३ गते हुने महासंघको १५औँ महाधिवेशनबाट घिमिरे नेतृत्वमा आउने भएकी हुन् ।

उनी निर्विरोध भए पनि औपचारिक घोषणा भने पुस १३ गते हुने निर्वाचनपछि मात्र हुनेछ । सूचना प्रविधिको क्षेत्रमा २५ वर्षभन्दा लामो समयदेखि कार्यरत पाण्डे जनरल टेक्नोलोजी प्राइभेट लिमिटेडकी प्रबन्ध निर्देशक हुन्।

यसअघि उपाध्यक्ष रहेकी पाण्डेले २०७६ सालको निर्वाचनमा नवराज कुँवरसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेकी थिइन्।

क्यान महासंघमा मनोनितसहित ४३ सदस्यीय केन्द्रीय कार्यसमिति हुने र निर्वाचित सदस्यहरूले पदाधिकारी चुन्ने व्यवस्था छ ।

Logo