सांगीतिक वल्ड टुरमा राजेशपायलः न्यूयोर्कमा भव्य स्वागत, यस्तो छ क्यानडा र जर्मनीको सेड्युल

सांगीतिक वल्ड टुरमा राजेशपायलः न्यूयोर्कमा भव्य स्वागत, यस्तो छ क्यानडा र जर्मनीको सेड्युल

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । गायक राजेशपायल राई सांगीतिक भ्रमणका क्रममा बुधबार अमेरिकाको न्यूयोर्क पुगेका छन् । अमेरिकामा नेपाली कलाकार संघको आयोजनामा हुने सांगीतिक कार्यक्रमका लागि उनी त्यहाँ पुगेका हुन् । उनलाई न्यूयोर्कमा नेपाली कलाकार संघ अमेरिकाकी अध्यक्ष वसन्ती राईलगायतले भव्य स्वागत गरेका थिए ।

‘राई ईज किङ’का रूपमा चर्चित राजेशपायलले यही डिसेम्बर २८ तारिख (शनिबार) ‘रमझम साँझ–२०२४’ कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिँदै छन् । न्युयोर्कस्थित गुल्सन टेरेस हलमा हुने कार्यक्रमका लागि सम्पूर्ण तयारी भइसकेको छ । कार्यक्रमलाई भव्य र सभ्य बनाउन पूरा तयारी गरिएको छ ।

रमझम साँझमा उनले आफ्ना तीन दर्जन गाउने बताएका छन् । जसमा उनका नयाँ तथा पुराना लोकप्रिय गीतहरू हुनेछन् । नेपाली कलाकार संघ अमेरिकाकी अध्यक्ष राईका अनुसार उक्त कार्यक्रममा राईसँगै अन्य विभिन्न चर्चित कलाकारहरूको पनि प्रस्तुति रहने छ ।

न्यूयोर्कको कार्यक्रम सकेर उनी सोझै क्यानडा उड्ने छन् । क्यानडाको विभिन्न सात स्थानमा कन्सर्ट छ । क्यानडाको कन्सर्ट सकेर पुनः न्यूयोर्क आउने उनको तालिका छ । त्यसपछि न्यूयोर्कको डल्लासमा सांगीतिक प्रस्तुति दिनेछन् । विदेशमा बढी व्यस्त रहँदै आएका राजेशपायल डल्लासपछि जर्मनी जानेछन् । जर्मनीमा उनको कार्यक्रम तय भइसकेको छ । करिब एक वर्षयता सांगीतिक वल्ड टुरमा रहेका उनी जर्मनीको कार्यक्रम सकेपछि नेपाल फर्कनेछन् । नेपाल आउनेबित्तिकै कार्यक्रम र रेकर्डिङमा व्यस्त हुने गायक राईले बताएका छन् ।

Skip This
Skip This
Logo