विदेशमा जम्मा गर्न एक डलर पनि लगेको छैन : उपेन्द्र महतो

विदेशमा जम्मा गर्न एक डलर पनि लगेको छैन : उपेन्द्र महतो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यध उपेन्द्र महतोले विदेशमा लुकाउनका लागि आफूले नेपालबाट एक डलर पनि नलगेको स्पष्टिकरण दिएका छन् ।

खोज पत्रकारिता केन्द्रको केही दिन अघिको नेपालिक्समा विदेशमा अर्बौँ रुपैयाँ लुकाउने नेपालीमध्येको सूचीमा आफ्नो नाम पनि आएपछि महतोले विदेशमै कमाइ गरेको पैसा त्यतै जम्मा गरेको जिकिर गरेका हुन् ।

महतोले आफू लामो समयदेखि विदेशमा रहेका नेपालीको लगानी मातृभूमिमा ल्याउने काममा सक्रिय रहेको बताउँदै महतोले आफूले गरेको लगानी पनि विदेशबाटै ल्याएको बताएका छन् ।

‘मैले नेपालमा गरेको लगानी पनि विदेशबाटै ल्याएको हुँ र अझै ल्याउने दृढ संकल्प र समर्पणका साथ काम गरिरहेको छु’, महतोले भने, ‘मैले नेपालमा जे/जति लगानी गरेको छु, नेपालीकै नाताले लगानी गरेको छु । नेपालमा कुनै पनि परियोजनामा मैले विदेशीको नाताले लगानी गरेको छैन ।’

महतोले आफूले आजसम्म विदेशबाट जति लगानी ल्याए पनि नेपालबाट एक डलर पनि नलगेको पनि बताए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo