रवि लामिछानेको सकियाे बयान, अधिकांश प्रश्नमा गरे इन्कार

रवि लामिछानेको सकियाे बयान, अधिकांश प्रश्नमा गरे इन्कार

केन्द्रबिन्दु
576
Shares

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोदेखि सुरु भएको बयान आज सकिएको हो । उनलाई २ दिनमा २६ भन्दा बढी प्रश्न गरिएको थियो, जसमा अधिकांश प्रश्नमा इन्कारी बयान दिएका छन् । उनीसँग पहिलो दिन बिहीबार ३ घण्टा र दोस्रो दिन शुक्रबार दिनैभरि बयान लिइएको हो ।

गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको छ ।

तत्कालीन समयमा आफू सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत रकम गोर्खा मिडिया नेटकर्वमा ल्याई अपचलन गरेको आरोप रास्वपा सभापति लामिछानेमाथि लागेको छ । नेपाल प्रहरीका पूर्वडीआइजी जोशीलाई गत असोज छ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान हुँदै आएको थियो । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जिबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन् ।

Skip This
Skip This
Logo