श्रीमतीलाई खुसी बनाउँन के गर्ने के नगर्ने ? (१५ टिप्स)

श्रीमतीलाई खुसी बनाउँन के गर्ने के नगर्ने ? (१५ टिप्स)

केन्द्रबिन्दु
0
Shares

सुखी बैवाहिक जिवनको पछाडि धेरै कारण हुन सक्छ । कहिलेकाही मनमुटाव भई झगडा हुनु, सम्बन्धमा उतारचढाव आउनु सामान्य हो । बैवाहिक सम्बन्ध खुशी, सुखी र स्वस्थ बनाइ राख्नका लागि केही कुरामा सचेत हुनु आवश्यक छ ।

बैवाहिक सम्बन्ध बिग्रनुमा धेरै कारण हुन सक्छ । स–सानो बानीले गर्दा बैवाहिक सम्बन्ध कमजोर बनाइदिन्छ । स–सानो कुरा भनेर हामी त्यति ध्यान दिँदैनौ । यही स–सानो कुरालाई आफ्नो जीवनमा अपनाउन सके तपाईको बैवाहिक जीवन अवष्य पनि खुशी र सुखी बन्नेछ ।

यो सामाग्रीमा श्रीमतीलाई खुशी पार्ने केही टिप्सहरु दिँदैछौ । हरेक व्यक्तिको स्वभाव, ईच्छा र सोच्ने तरिका फरक फरक हुन्छन् । त्यसैले सबै टिप्स सबैका लागि उपयुक्त नहुन पनि सक्छन् । त्यसकारण हरेक श्रीमानले आफ्नो श्रीमतीको सोच, स्वभाव र परिस्थिती अनुसार यी कुराहरु पालना गर्न जरुरी छ ।

१. आफ्नो श्रीमतीलाई माया गरेर बोलाउने ।

२.आफ्नो श्रीमतीलाई अरु केटीहरुसँग तुलना नगर्ने ।

३. श्रीमतीको माइतीको नराम्रो कुरा नगर्ने ।

४.श्रीमतीलाई घरको काममा सघाउने ।

५.बाहिर निस्कँदा कँहा जान लागेको कति समय लाग्छ सबै भनेर निस्कने ।

६.जतिसुकै व्यस्त भए पनि समय निकालेर बेला बेला फोन गर्ने ।

७.खाना खाँदा खानेकुरा मिठो छ भनेर तारिफ गर्न नबिर्सने ।

८. हरेक कुराको अधिकार श्रीमतीलाई पनि दिने । कुनै काम गर्नुअघि दुवैले सल्लाह गरेर मात्र निर्णय लिने ।

९.साथीभाइहरुसँग श्रीमतीको कुरा नकाट्ने र श्रीमतीको कुरा ध्यान दिएर सुन्ने ।

१०.श्रीमतीसँग झुठ नबोल्ने ।

११.व्यस्त भएको बेला पनि समय निकालेर बाहिर घुम्न लैजाने वा फिल्म हेर्न जाने ।

१२. अफिसको तनाव घरमा नलाने ।

१३. श्रीमतीको साथीहरुलाई सम्मान गर्ने ।

१४.श्रीमतीले मन परेर किनेको सामानलाई नराम्रो नभन्ने ।

१५. बाहिर हिड्न लागेको बेला श्रीमतीको कपडाको टिकाटिप्पणी नगर्ने ।

Skip This
Skip This
Logo