काभ्रे । काभ्रेमा इँटा उद्योगको पर्खाल भत्किँदा दुई बालबालिकाको मृत्यु भएको छ । पाँचखाल नगरपालिका ७ स्थित वीर हनुमान इँटा उद्योगको पार्खाल भत्किँदा रोल्पाका ११ महिनाका निमार्ण परियार र तीन वर्षकी जेनिसा परियारको मृत्यु भएको हो ।
पर्खाल भत्कँदा अन्य दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्काले जानकारी दिए । घाइते हुनेमा तीन वर्षीया झरना घर्ती र ३५ वर्षीय सितादेवी पासवान रहेको छन् ।
उनीहरुको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । मृत्यु हुने र घाइते हुनेहरु उद्योगमा काम गर्ने मजदुरका छोराछोरी रहेको प्रमुख खड्काको भनाई छ ।































प्रतिक्रिया