रोनाल्डो आफुमाथि बलात्कारको आरोप लगाउने महिलालाई भेट्दै

रोनाल्डो आफुमाथि बलात्कारको आरोप लगाउने महिलालाई भेट्दै

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले आफुमाथि बलात्कार आरोप लगाउने महिलालाई भेट्ने भएका छन् । अमेरिकी महिला क्याथरिन मायोर्गाका वकिलले रोनाल्डोको ति महिलालाई भेट्न लागेको जनाएका छन् ।

अमेरिकाको लस भेगासमा सन् २००९ मा एक होटलको कोठामा आफूमाथि रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी अमेरिकी महिला क्याथरिनका वकिल रोनाल्डोको प्रेमिका रहेको दाबी गरिएकी महिलालाई भेट्न लण्डन जाने तयारीमा छन् ।

क्याथरिनका वकिल लेस्ली स्टोभलले रोनाल्डोको पूर्व प्रेमिका रहेको बताउने बेलायती मोडल तथा टेलिभिजन स्टार ज्यासमिन लेनार्डसँग कुराकानी भएको बताएका छन् । उनले पोर्चुगलका कप्तान रोनाल्डोविरुद्धको मुद्दामा सहयोग गर्ने बताएको क्याथरिनका वकिल लेस्लीले बताएका छन् ।

३३ वर्षका रोनाल्डोले क्याथरिनले लगाएका सबै आरोप अस्वीकार गर्दै आएका छन् । केही दिनअघि घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको लस भेगास प्रहरीले रोनाल्डोको डिएनएका लागि वारेन्ट जारी गरेको थियो । रोनाल्डोको कानुनी समूहले आफूहरुलाई लेनार्डसँग भेटका बारेमा कुनै जानकारी वा स्मरण नरहेको बताएका छन् ।

लेनार्ड सेलिब्रेटी बिग ब्रदरमा देखिएकी थिइन् । उनले यहि जनवरीको सुरुमा रोनाल्डोलाई लक्षित गर्दै विभिन्न पोस्ट गरेकी थिइन् । त्यसपछि उनले आफ्नो ट्वीटर एकाउन्ट नै बन्द गरिन् ।

रोनाल्डोका वकिलले एक वक्तव्य जारी गर्दै लेनार्डसँग रोनाल्डोको १० वर्षअघि कुनै पछि किसिमको भेट नभएको वा त्यसबारे स्मरण नरहेको जनाएका छन् ।

Logo