पर्वतमा भएको बस दुर्घटनामा मृतकको संख्या ४ पुगेको छ। ३ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा ३८ जना घाइते छन् । घाइतेहरुलाई बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालमा प्राथमिक उपचारपछि पोखरा र काठमाडाैं पठाउने तयारी भैरहेको छ। गम्भिर घाइतेलाई हेलिकोप्टरबाट काठमाडाैं पठाइएको छ।
बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस कुश्मा नगरपालिकास्थित मालढुंगामा दुर्घटना भएको हो । मृतकहरुको सनाखत भइसकेको छैन । घाइतेहरुको बाग्लुङ र पर्वत अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख डीएसपी भुवनेश्वर तिवारीले बस करिब ६० मिटर तल खसेको जानकारी दिए ।































प्रतिक्रिया