चीनको चमत्कार, चन्द्रमा पहिलो पटक कपासको बिरुवा उमार्‍यो

चीनको चमत्कार, चन्द्रमा पहिलो पटक कपासको बिरुवा उमार्‍यो

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । चिनियाँ वैज्ञानिकहरुले नयाँ चमत्कार गरेका छन् । केही समय अगाडि चन्द्रमामा अवतरण गरेको चिनियाँ यानमा रोपिएको कपासको बिउ उम्रिएको चीनको राष्ट्रिय अन्तरिक्ष विभागले जनाएको छ । चन्द्रमामा कुनै पनि जैविक पदार्थ उम्रिएको यो पहिलो घटना हो।

कपासको बोट एउटा डिब्बाभित्र भएको जालिदार ढाँचामा उम्रिएको चोंगकिंग विश्वविद्यालयका एडभान्स टेक्नोलोजी रिसर्च इन्स्टिच्युट तस्बिर सार्वजनिक गरेको छ । यो संगै चीनले आलु र तोरीको बिउ पनि अन्तरिक्षमा पठाएको छ ।

चन्द्रमामा बिरुवा उमार्न सकिने अवस्था, ‌साढे दुई वर्ष समय लाग्ने मंगल ग्रहतर्फको यात्रा जस्ता भविष्यमा हुने लामो दूरीका अन्तिरक्ष अभियानहरूका लागि निकै महत्त्वपूर्ण हुनसक्छ।

यो सफलताको अर्थ अन्तरिक्षयात्रीहरूले अन्तरिक्ष यात्रामा रहेका बेला आफ्नो लागि आवश्यक खानेकुरा उमारेर प्रयोग गर्न सक्नेछन् भन्ने हो। त्यसो हुन सकेमा अन्तरिक्षयात्रीहरूले खानेकुरा प्राप्त गर्न बारम्बार पृथ्वीमा फर्कनुपर्ने छैन।

चन्द्रमामा अवतरण गरेको चिनियाँ अन्तरिक्षवाहनले आफ्नो साथमा कपास र आलुको बीउसहितको माटो, मर्चा र एकप्रकारको झिङ्गाको अण्डा लगायतका वस्तु लिएर गएको थियो।

त्यसरी उम्रिएको बिरुवा सो चन्द्रवाहनमा बाहिरबाट केही पनि पस्न नसक्ने गरी बन्द गरिएको सिसाको भाँडोमा राखिएको छ । अब उक्त बिरुवाले त्यस्तो भाँडाभित्र एक सूक्ष्मजैविक मण्डलको सिर्जना गर्नेछ र त्यस्तो कृत्रिम वातावरणमा त्यो आफैँ हुर्कनेछ।

अठार सेन्टिमिटर अग्लो र तीन केजी तौल भएको त्यस्तो कृत्रिम जैविकमण्डल सिर्जना हुने भाँडाको डिजाइन चीनका २८ वटा विश्वविद्यालयहरूले संयुक्त रूपमा तयार पारेका थिए।

उक्त प्रयोगात्मक भाँडामा सूक्ष्मजीवाणुहरूलाई हुर्कन पुग्ने हावा, पानी र पोषण उपलब्ध छ। तर वैज्ञानिकहरूका अनुसार माइनस १७३ देखि १०० डिग्री सेल्सियससम्म तलमाथि भइरहने चन्द्र सतहको तापक्रममा बिरुवा हुर्कनलाई उपयुक्त हुने तापक्रम कायम राख्‍नु सबैभन्दा ठूलो चुनौती हो। चीन केही दिन अगाडि अर्थात जनवरी ३ मा मात्र चन्द्रमाको सबैभन्दा टाढाको भागमा अन्तरिक्षयान उर्तान सफल भएको थियो ।

Skip This
Skip This
Logo