काठमाडौं
नेपाल आयल निगमको इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमितता र सबा ६१ करोड रुपैयाँ आयकर (राजस्व) छलीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेको छ ।
जग्गा खरिद अनियमिततामा मुछिएका निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरे पनि जग्गा खरिद अनियमितताका विषयमा कारबाही प्रक्रिया अघि नबढाएपछि अख्तियारको भूमिकामाथि प्रश्न उठेको हो ।
स्रोतका अनुसार ‘शक्ति दलाल’ समूहको प्रभावमा परेर अख्तियारले खड्कालाई मात्र मुद्दा दायर गरेर जग्गा खरिद अनियमितता र राजस्व छली गर्ने अन्य पक्षको अनुसन्धानलाई थाती राखेको छ । डेढ वर्षअघि छानबिन सुरु गरेको भए पनि अख्तियारका अधिकारीले जग्गा खरिद अनियमितता अनुसन्धानमै रहेको बताउँदै आएका छन् ।
आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्याय जग्गा खरिद अनियमितता र अकुत सम्पत्ति आर्जन फरक मुद्दा भएको बताउँछन् । अकुतमा मुद्दा चल्यो भन्दैमा जग्गा खरिदमा अनियमितता भएको छ भने छोड्न नमिल्ने उपाध्यायले बताए । ‘अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर गर्नु भनेको सार्वजनिक पदमा बहाल रहँदा कमाएको सम्पत्तिलाई आधार मानेर हो,’ उपाध्यायले भने, ‘अकुत र अन्य अनियमितालाई लिंक गर्न सकिन्छ । तर एउटै मुद्दा होइन ।’
अख्तियारले गत साता खड्काविरुद्ध १८ करोड ६६ लाख पाँच हजार रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित मुद्दा दायर गरेको थियो ।
नागरिकबाट































प्रतिक्रिया