नयाँ वर्षमा सुनसान बन्यो दक्षिण कोरिया, व्यवसायमा उच्च गिरावट

नयाँ वर्षमा सुनसान बन्यो दक्षिण कोरिया, व्यवसायमा उच्च गिरावट

केन्द्रबिन्दु
69
Shares

एजेन्सी । दक्षिण कोरियामा यसपालीको नयाँ वर्ष खासै उत्साहजनक रहेन । स्थानीय समाचारमाध्यमहरुका अनुसार राजनीतिक उथलपुथल र हालै भएको हवाई दुर्घटनाका कारण कोरियाबासीले नयाँ वर्षलाई शोकका रुपमा ग्रहण गरेका छन् ।

डिसेम्बरको शुरुमा अल्पकालीन मार्शल ल लागूको कारणले राजनीतिक अस्थिरता छाएको र त्यसपछि नयाँ वर्षको पूर्वसन्ध्यामा आइतवारको दुखद् जेजु एयरको विमान दुर्घटनाले १ सय ७९ जनाको ज्यान लिएको घटनालाई दक्षिण कोरियाको झण्डै तीन दशकमा सबैभन्दा खराब उड्डयन प्रकोपको सामना गरेको जनाएको छ ।

जसका कारण राष्ट्रिय शोकको अवस्था निम्त्याएको जनाइएको छ । विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुको सम्झनामा मंगलबार सियोल सिटी हलको अगाडि एउटा स्मारक स्थापना गरिएको सात दिने राष्ट्रिय शोक अवधि समाप्त नभएसम्म शोक व्यक्त गर्न क्रम जारी रहने छ ।

उक्त स्थानमा २०२४ को अन्तिम दिनमा धेरै नागरिकहरू पीडितहरूलाई श्रद्धाञ्जलि दिन, पुष्पगुच्छा अर्पण गर्न र मौन बस्न आएका थिए।

Skip This
Skip This
Logo