‘बमजनको आश्रमबाट कोही बेपत्ता भएको छैन’- बोधि श्रवण धर्म संघ

‘बमजनको आश्रमबाट कोही बेपत्ता भएको छैन’- बोधि श्रवण धर्म संघ

केन्द्रबिन्दु
0
Shares

बोधि श्रवण धर्म संघले बौद्ध धर्मगुरु रामबहादुर बमजनको आश्रमबाट कोही बेपत्ता नभएको दाबी गरेको छ । संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर बम्जनमाथि झुटो आरोप लगाएको बताएको छ।

पत्रकार सम्मेलनमा संघ प्रवक्ता मणि लामाले घटनाको निष्पक्ष र न्यायिक छानबिनको माग गर्दै भने, ‘‘आश्रमबाट कोही बेपत्ता भएको छैन । प्रहरीमा पनि हराएको भन्ने कुनै उजुरी छैन ।’’

बमजनमाथिको प्रहार बौद्ध धर्ममाथिको प्रहार भएको दाबी गर्दै लामाले भने, ‘‘कतिपयले जाति र धर्मको बीचमा द्वन्द्व चर्काउन खोजेका छन्, यसबारे सचेत हुन जरुरी छ ।’’ उनले रामबहादुर बमजन नेपालमै रहेको बताउदै केही सञ्चारमाध्यमले बमजनबारे गलत समाचार प्रकाशित गरेको आरोप लगाए ।

Logo