हेटौंडा । हुन्डाईको ह्याप्पी मुभसँगको सहकार्यमा हेटौंडा ह्विल्सले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत ब्लेस्ड चिल्ड्रेन्स होमका बालबालिकाहरुको शिक्षाका लागि सहयोग हस्तान्तरण गरेकाे छ ।
हेटौंडा ह्विल्सले बालबालिकाको सिकाई प्रक्रियामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ डेस्कटप कम्प्युटर प्रदान गरेको हाे । आधुनिक विश्वसँग सधै कनेक्ट रहन र डिजिटल साक्षरतालाई अझै अगाडि बढाउनका लागि आवश्यक शैक्षिक सामग्री र प्रविधि उपलब्ध गराएर यसले बालबालिकाहरुलाई सहयोग पु-याउने अपेक्षा गरिएको हुन्डाई नेपालले जनाएको छ ।
स्थानीय समुदायलाई सहयोग गर्ने र सामाजिक विकासमा योगदान दिने हेटौंडा ह्विल्सको प्रतिबद्धताको यो एक अंश भएको हेटौंडा ह्विल्सले जनाएको छ । यस्तो महत्वपूर्ण सीएसआर पहलमा सहकार्य गरेकोमा हेटौंडा ह्विल्सले हुन्डाईको ह्याप्पी मुभप्रति आभार समेत प्रकट गरेको छ ।































प्रतिक्रिया