घलेम्दीको आइपीओ बाँडफाँड, साढे ५४ हजारलाई ३० कित्ता

घलेम्दीको आइपीओ बाँडफाँड, साढे ५४ हजारलाई ३० कित्ता

केन्द्रबिन्दु
0
Shares

घलेम्दी हाइड्रो लिमिटेडको आइपीओ बाँडफाँड गरिएको छ। सेयर निष्काशन तथा बिक्रि प्रबन्धक भिबोर क्यापिटलको कार्यालयमा मंगलबार बिहान आइपीओ बाँडफाँड गरिएको हो।

आइपीओ बाँडफाँड नतिजा अनुसार ५४ हजार ६९२ जनाले ३० कित्ता सेयर पाएका छन भने १० हजार ६९९ ले २० कित्ता पाएका छन। सबै आवेदकलाई २० कित्ता शेयर बाँडफांड गरेपछि बाँकि रहेको कित्ता गोलाप्रथाबाट बाँडिएको हो। कुल आवेदक मध्ये ५४ हजार ६ सय ९२ जनाको आवेदन सदर भएको छ भने २६ जनाको आबेदन रद्द भएको छ।

सर्वसाधारणलाई १५ करोड ५५ लाख ७७ हजार रुपैयाँको १५ लाख ५५ हजार ७७० कित्ता साधारण सेयर बिक्रि खुला गरेको थियो । कम्पनीले स्थानीयले खरिद नगरेका ४ लाख ५५ हजार २ सय २० कित्ता शेयर समेत थपेर १५ लाख ५५ हजार ७७० कित्ता शेयर निष्काशन गरेको हो।

कम्पनीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ  ।

Skip This
Skip This
Logo