काठमाडौँ
१८ वर्ष पुरानो बहुचर्चित लाउडा विमान भाडा मुद्दा अहिलेसम्म किनारा लागेको छैन । ११ वर्ष अघि सो मुद्दा सर्वोच्च पुगेपछि १२ जना प्रधानन्यायाधीश फेरिएका छन् । तर मुद्दा किनारा लाग्ने टुंगो छैन । सर्वोच्चमा ९५ पटक पेसी तोकिए पनि २१ पटक पेसी नै हटाइएको छ । ७४ पटक इजलास तोकिएकोमा ३९ पटक हेर्न नभ्याइने र नमिल्ने सूचीमा राखियो । पक्ष र विपक्षले १५ पटक सुनुवाइ स्थगित गरे । २० पटक सुनुवाइ हुँदा सर्वोच्चले फाइलहरू मगाउने लगायतका आदेश दिएको थियो ।
८५ औँ पेसीमा ६ वैशाख ०७४ मा सर्वोच्चले फैसला दिन खोजेको थियो । तर न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वरप्रसाद खतिवडाबीच राय बाझिएपछि फैसला हुन सकेन । त्यसैले सो मुद्दा सर्वोच्चको पूर्ण ( तीन जना न्यायाधीशको ) इजलासमा पुगेको छ । त्यसयता १० पटक सुनुवाइ तोकिएको छ । तर मुद्दा फैसला हुन सकेको छैन ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया