हेटौँडा उपमहानगरपालिकामा राति बाघ देखिन थालेपछि स्थानीय त्रसित

हेटौँडा उपमहानगरपालिकामा राति बाघ देखिन थालेपछि स्थानीय त्रसित

केन्द्रबिन्दु
27
Shares

हेटौँडा । दुईवटा राष्ट्रिय निकुञ्जसँग जोडिएको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ को सीमाक्षेत्रमा बाघ देखापरेको छ । शनिबार राति स्थानीयहरूले गाउँ वरपरको क्षेत्रमा बाघ देखापरेको बताएका छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका हेटौँडा १२ का स्थानीय कुमार पोखरेलले हेटौँडा १२ र १३ को सिमाना बीचरोडमा बाघ देखिएको र सो बाघ १२ नम्बरको रमनटारमा पनि देखिएको सामजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

पछिल्लो एक हप्तादेखि दक्षिण–पश्चिम मकवानपुरका मानिसहरू बाघको आतंकबाट त्रसित भएका छन् । स्थानीयहरूले बाघ देखिएको खबर गरेपछि बाघ नियन्त्रणका लागि निकुञ्जसँग समन्वय गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Skip This
Skip This
Logo