ओलीको निर्देशन- एमालेको झुटो प्रचार गर्नेविरुद्ध अब चुप नबस्नुस्

ओलीको निर्देशन- एमालेको झुटो प्रचार गर्नेविरुद्ध अब चुप नबस्नुस्

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विरोधीका आरोपमाथि चुप लागेर नबस्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले केही प्रतिक्रियावादी शक्तिहरू अमानवीय रूपमा एमालेविरुद्ध झुटो प्रचारमा लागेको टिप्पणी गर्दै यस्तो निर्देशन दिएका हुन् । उनले भने, ‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नुहुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ ।’

साथै अध्यक्ष ओलीले लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्यले पार्टीलाई बलियो नबनाउनेमा जोड दिए ।

बैठकमा अध्यक्ष ओलीले ४७ पृष्ठको लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमा नयाँ राजनीतिक कोर्स–एमाले र नेपाली कांग्रेससँगको गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, यस गठनबन्धनपछिका ६ महिना, अस्थिरता, अराजकता र प्रयोजित निराशाका प्रयास उल्लेख छन् । बैठकमा प्रतिवेदनसहित समसामयिक विषयमाथि प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्न करिब तीन मिनेटको समय उपलब्ध गराइने छ ।

Logo